योगासनहरू गर्दा खराब कोलेस्ट्रोल कम हुन्छ

२१ पुष २०८०, शनिबार ०९:२६

एजेन्सी । खानपिनका साथसाथै विभिन्न योगासनहरू गरेर पनि तपाईं आफ्नो शरीरमा भएको खराब कोलेस्ट्रोललाई कम गर्न सक्नुहुन्छ । यहाँ त्यस्तै केही योगासनका बारेमा बताइएको छ, जसलाई गरेर तपाईं स्वस्थ रहन सक्नुहुन्छ ।

सर्वागासन
यदि तपाईंको कोलेस्ट्रोल बढेको छ भने तपाईं सर्वागासन गर्न सक्नुहुन्छ । यो कोलेस्ट्रोल घटाउनका लागि एकदमै उपयोगी योगासन हो । यसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई कम गर्ने काम गर्छ ।

पश्चिमोत्तासन
कोलेस्ट्रोललाई नियन्त्रित गर्नका लागि पश्चिमोत्तासन पनि एकदमै उपयोगी योगासन हो । यसको नियमित अभ्यासले शरीर पनि स्वस्थ रहन्छ ।

कपालभाँती
‘कपालभाँती जीवनसाथी’ भनेर त्यसै भनिएको छैन । कपालभाँती योग हरेक समस्याका लागि उत्तम हुन्छ । त्यसरी नै यो शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्नका लागि पनि एकदमै उपयोगी छ ।

यी योगासनहरू यदि तपाईं कुनै पनि प्रकारको शारीरिक समस्यामा हुनुहुन्छ भने यसलाई गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्दछ । यदि तपाईंलाई यी योगासन गर्न कुनै समस्या छैन भने नियमित यसलाई आफ्नो रुटिनमा समावेश गर्नुभयो भने शरीरमा कोलेस्ट्रोलको समस्यासँगै अन्य समस्याहरू पनि निको हुँदै जानेछन् ।