ओली र रविबीच भेटवार्ता

२० पुष २०८०, शुक्रबार १४:४८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

ओली निवास बालकोट ओलीलाई भेट्न रवि लामिछाने पुगेका थिए। दुई नेताबीच भेट भए पनि कुराकानीको विषय भने थाहा नभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताएका छन्।

रास्वपासँग राष्ट्रियसभा निर्वाचनका मतदाता नै नभएकाले दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितबारे कुराकानी भएको हुनसक्ने एमालेका एक नेताले बताए।