काठमाडौँ । बलिउड अभिनेत्री अदिति राव हैदरीले आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन्।
उनले अभिनेता सिद्धार्थसँग एक तस्बिर सार्वजनिक गर्दै प्रेममा रहेको खुलासा गरेकी हुन्। उनीहरूले अंग्रेजी नयाँ वर्ष एकसाथ मनाएका थिए। अदितिले तस्बिर सेयर गर्दै लेखेकी छन्, खुशी, धन्य र आभार१ चमत्कारी खुशी, माया, हाँसो, र तपाईहरूको मायाका लागि धन्यवाद !! ’
अदितिले २१ वर्षको उमेरमा वकिल तथा अभिनेता सत्यदीप मिश्रासँग विवाह गरेकी थिइन्। अहिले उनी ३७ वर्षकी भइन्। हाल उनीहरूको सम्बन्ध विच्छेद भइसक्यो। सम्बन्ध विच्छेदपछि उनीहरू एकअर्कालाई राम्रो साथी रहेको बताउँछन्। सत्यदीपले मसाबा गुप्तासँग दोस्रो विवाह गरिसकेका छन्।
अदितिले पद्मावत, मर्डर ३, रकस्टार, बोस, भूमि, धोवी घाटु लगायत फिल्ममा अभिनय गरेकी छन्। अभिनेता सिद्धार्थले रंग दे बसन्ती, गोलियोंकी राजलीलाः रामलीला, खलनायक, युवा, इन्डियन लगायत फिल्ममा अभिनय गरेका छन्।
