गायक प्रकाश सपुतको ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा

१९ पुष २०८०, बिहीबार १५:२२

काठमाडौँ । गायक प्रकाश सपुतको फेरि अर्काे नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेकोे छ ।

गायक सपुतले पछिल्लो समय ल्याएको गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । गत सोमबार सार्वजनिक भएको उक्त गीतले समाचार तयार गर्दासम्म १६ लाख भन्दा बढी भ्यूज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

गीतमा शब्द तथा संगीत गायक सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाङ्कन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैले निर्देशन गरेका हुन् ।