आज सुनको मूल्य १३ सयले घट्यो, कारोबार कतिमा ?

१९ पुष २०८०, बिहीबार १३:२५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । आज (बिहीबार) छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेको महासंघले जानकारी गराएको छ । हिजो तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार हुँदा आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ छ । चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको महास‌ंघले जनाएको छ ।

हिजो प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४२० रुपैयाँमा कारोबार भइरहेको छ ।