इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन्: प्रधानमन्त्री

१८ पुष २०८०, बुधबार १३:४६

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका हुन् । उनले पूर्वाधार निर्माण मार्फतदेशलाई समृद्ध एवम विकसित बनाउन इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने औंल्याए ।

सडक, यातायात, कलकारखाना, उर्जा, सूचनाप्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रको प्रगति एवम विकासका लागि इन्जिनियररूले जिम्मेवार भएर काम गर्न प्रचण्डको सुझाव थियो ।

‘इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहकहुन् । यति बेला विकास निर्माणका कामहरू भइरहेका छन् । पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचनाप्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमाप्रगतिको जरूरत छ।’

उनले नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमताअभिवृद्धिको लागि स्टाफ कलेजको स्थापनाको प्रयासमा लागि रहेकोउल्लेख गर्दै आफू त्यसमा सकरात्मक रहेको बताए ।

उनले भने, ‘नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ। तपाईँहरूको यो चासो र मागलाई मंैले सकारात्मक रूपमालिएको छु।’

आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी रहेको पनि उनको भनाई छ ।