आज पनि घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

१५ पुष २०८०, आईतवार ११:०८

काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।