आज सुनको मूल्य १३ सयले बढ्यो, कारोबार कतिमा ?

१२ पुष २०८०, बिहीबार ११:३९

काठमाडौं । आज सुनको मूल्य प्रति तोला १३ सयले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो । आज १ लाख २२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि प्रति तोला १३ सय रुपैयाँले नै बढेको महासंघले । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ थियो भने बिहीबार १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ थियो । छापावाला सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ५९५ रुपैयाँ पुगेको छ ।

तेजावी सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ८०रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजा २७७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।