कोभिड–१९ बाट संक्रमित अभिनेता विजय कान्तको निधन

१२ पुष २०८०, बिहीबार ११:२६

काठमाडौं । भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजय कान्तको निधन भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘क्याप्टेन विजय कान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो ।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

विजय कान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो । त्यति बेला उनको पार्टी डीएएडी पार्टीले विजय कान्त ‘स्वस्थ’ रहेको र परीक्षणपछि घर फर्किने बताएको थियो ।

विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या देखिएपछिअस्पतालमा उपचार भइरहेको थियो ।

विजय कान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन् । फिल्म पछिमात्रै उनी राजनीतिमा सक्रिए भएका थिए । डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषि वन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए ।

सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधान सभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो ।

पछिल्ला वर्षहरूमा विजय कान्तको स्वास्थ्य खराब हुँदाउ नी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए ।