काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ लाख ४० हजार १६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ ।
उक्त बैंकले सुजना पनेरु न्यौपानेको नाममा रहेको ३ लाख ३३ हजार ७०२ कित्ता, हरि बहादुर थापाको नाममा रहेको १ हजार ५० कित्ता र तर्क बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा ल्याएको हो ।
इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभत्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
