आजको मौसम कस्तो छ ? थाहा पाउनुहोस्

१२ पुष २०८०, बिहीबार ०६:४९

काठमाडौं । मौसमपूर्वानुमानमहाशाखाले हाल नेपालमाउल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राती देशका केही भूभागमा मौसम बदलीहुनुका साथै बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले यसबाटबच्नआवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

महाशाखाले दिउँसोको समयमा घाम लागे पनि बिहान र बेलुकाको समयमा जाडो बढ्ने उल्लेख गरेको छ ।