काठमाडौं वडा नं २० मा १३ जनाको कार्यसमिति रण बहादुर महर्जनको अध्यक्षतामा गठन

१० पुष २०८०, मंगलवार ०९:५१

काठमाडौं, १० पुष । नेकपा माओवादी केन्द्रको चार महिने रुपान्तरण अभियानको शिलशिलामा काठमाडौं वडा नं २० मा १३ जनाको कार्यसमिति रण बहादुर महर्जनको अध्यक्षतामा गठन भएको छ ।

सोमबार (हिजो) उक्त वडामा महर्जनको अध्यक्षतामा १३ जनाको कार्यसमिति गठन गरिएको थियो । यस्तै उक्त वडामा ७ जनाको सल्लाहकार र ७ जनाको वुथ कमिटी गठन गरि वडा सम्मेलन सम्पन्न भएको थियो।