क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ

८ पुष २०८०, आईतवार १२:५१

काठमाडौं, ८ पुष । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामाआज सुनुवाइ हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसि तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाप देखाउँदै यसअघि पटकपटक पेसी सर्दै आएको छ । पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएपनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए। सन्दीप दोषीठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।