गाजा युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

८ पुष २०८०, आईतवार ०८:५९

काठमाडौं, ८ पुष । गाजाक्षेत्रमा जारी इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमाअहिलेसम्म् ९९ जना पत्रकार मारिएकाछन् ।

गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको गाजाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

इजरायली सेनाले मध्यगाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।