सुस्ता गाउपालिका जनप्रतिनिधी तथा कर्मचारीको २ दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ पुष २०८०, शनिबार १४:५२

काठमाडौं, ७ पुष । सुस्ता गाउपालिका नवलपरासी पश्चिमको आयोजना र बुद्धभुमी कन्सल्टिङ प्रा।लि काठमाडौंको सहजीकरणमा भएको २ दिवसीय क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन जनप्रतिनिधी तथा कर्मचारीमा भएको सेवाग्राहीका लागि सहज सेवा उपलब्धताका लागि प्रशिक्षार्थीहरुलाई सम्बिधान बिद तथा प्रशासन बिद काशिराज दाहालले र तालिम बिज्ञ हिम्मत सिङ लेकालिले सहजीकरण गर्नुभएको थियो।

यस्तै तालिमको दोस्रो दिन नेपाल सरकारका पुर्व प्रमुख सुचना आयुक्त कृष्ण हरि बासकोटा र पुर्ब सहसचिब बिष्णु बहादुर थापाले सहजीकरण गर्नुभएको थियो।

तालिम कार्यक्रममा ६० बढी जनप्रतीनिधी तथा कर्मचारी सहभागिता थियो सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता तथा उपाध्यक्ष गिता चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जनप्रतीनिधी तथा कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनु भयो।

क्षमता बिकास तालिममा सहभागी हुँदै उपाध्यक्ष गिता चौधरीले तालिमले जनप्रतीनिधी तथा कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो। उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहजता हुने समेत बताउनुभयो।

कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुशालले जनप्रतिनिधी तथा कर्मचारीमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो।

प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको बताउनुभयो।

तालिमको सहजीकरण गर्दै नेपाल सरकारका पुर्व प्रमुख सुचना आयुक्त कृष्ण हरि बासकोटाले जनताको सहजताको लागि सुशासन पारदर्शिता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गर्नुभयो।

उहाँले कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको काम गर्नुपर्ने समेत बताउनुभयो। त्यस्तै सो तालिमका सन्दर्भमा बोल्दै सम्बिधान तथा प्रशासन बिद कशिराज दाहलले पालिकाको बिकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरि जनता सामु पुर्याउन जनप्रतिनिधी र कर्मचारीको बिशेष भूमिका रहनु पर्ने उल्लेख गर्नुभयो।

उहाँले जनताको घर घरमा चुस्त दुरुस्त सेवा पुर्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। तालिममा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो ।

नगरपालिकाका सबै जनप्रतिनिधी र कर्मचारीहरुको बाहुल्य उपस्थिति रहेको सो तालिमको संचालन नेपाल सरकारका पुर्ब सहसचिब बिष्णु बहादुर थापाले  गर्नुभएको थियो।