नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा

६ पुष २०८०, शुक्रबार ११:४९

काठमाडौं, ६ पुष । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट प्रतिशेयर रु। ४० नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् ।

सञ्चालक समितिको प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।