काठमाडौं, ५ पुष । लुटपाटपछि हत्या गरेर फरार भएकादुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
अर्घाखाँची सिद्धगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षे जगत विश्वकर्मा र धादिङको मूलपानी घर भई हाल त्रिपुरासुन्दरी गा.पा. ३ तल्लो पोखरा बस्ने ४६ वर्षे शिवरामअधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अधिकारीलाई विमानस्थलबाट हिजो पक्राउ गरिएको हो भने हत्यामा संलग्न भनिएका अर्का आरोपी विश्वकर्मा भने चोरी अभियोगमा जेलमै रहेको पाइएको प्रहरीले जनाएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले ६ वर्ष अघि भएको लुटपाट र हत्याप्रकरणमा संलग्न रहेका उनीरुहलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘२०७४ पुष ३० गते अन्दाजी ४ः ३० को समयमा काजी का म न पा बल्खु भूमेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकी एक महिलालाई टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारिएको थियो ’ उनले भने, ‘घटनाको मुख्य योजनाकार जिल्ला धादिङ मूलपानी गाविस हाल त्रिपुरासुन्दरी गापा ३ तल्लो पोखरा बस्ने वर्ष ४६ का शिवरामअधिकारी, यो घटनाको उद्देश्य लुटपाट पश्चात हत्या भएको देखिन्छ ।’
घटनाका मुख्य योजनाकार अधिकारी भने गत साउन देखि नकाव चोरी मुद्दामा तीनवर्षको कैद भुक्तान गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकृत सुरक्षा केसीले, शिवरामअधिकारी नाम परिर्वतन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘जगत विश्वकर्मा नेपाल फर्किने भन्ने गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा २०८० पुष ४ गते पक्राउ परेको हो । शिवराम अधिकारी २०७९, ७ महिना २९ गते चोरी मुद्दामा तीनवर्ष कैद सजाय भई नाम परिवर्तन गरि अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको, २०८० साउन २४ गते अनुसन्धान पश्चात पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि प्रहरी वित्त कालिमाटी पठाइएकोमा थप अनुसन्धान भइरहेको छ । र शिवरामअधिकारी हाल कारागारमा नै रहेको छ ।’
अनुसन्धानको क्रममा शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिने प्रलोभनमा पारी लुटपाटपछि हत्या गरेको खुल्न आएको केसीले जानकारी दिइन् । उनले भनिन्, ‘अनुसन्धानबाट हाल सम्म शिवराम अधिकारीले मृत्यु भएको महिला नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिन्छु भनी १५, २० हजार पैसा र गरगहनालगाई आउ भनेर फोन गरेर बोलाएको खुल्नआएको छ ।

शिवरामसहित जगत विक नाम गरेको अर्को व्यक्तिको संलग्नता पनि खुलेको छ । ढुङ्गाले प्रहार गरेर उनीहरु मृतकले लगाएको गहना मुन्द्री र नगदलिएर फरार रहेका थिए ।’
