म १८ बर्ष को थिए जब तिम्रो र मेरो पहिलो पटक सामाजिक सञ्जाल मा भेट भएको थियो ।
तिम्रो फोटो त थिएन तर पनि एउटा अलगै महसूस भएको थियो । कि कतै कतै हामी पहिले देखी नै चिनजान भएर नै आएका थियौं जस्तो र आज म २६ को भए।
पहिले जस्तो रहेन म र तिमी पनि पहिले जस्तो रहिनौ भन्दा भन्दै हामी छुटिएको सात बर्ष भएछ। हेरन आज सबै बद्लिएछ । समय बद्लिएछ । ठाउँ, शहर र तिमी बद्लियो हेरन, म अजै पनि उस्तै छु ।
धेरै कुरा हरु बदलिए हामी बीचमा तर याद र माया भने पुरानै रहे। के हुन्थ्यो होला आखिर हामी छुटिए जस्तै यादहरु पनि मेटिएर गएको भए। लाग्थ्यो तिमिलाई पाएर मैले यो संसार जीते।
त्यो कुराको घमण्ड टुट्दा जति मेरो जति आँसू बग्यो त्यो तिम्ले पनि महसूस गर्न सक्छेऊ होला। तर सायद समय को खेल यही नै होला कहिले सबै थोक पाउनु को घमण्ड त कहिले त्यही कुरा गुमाउनु को पिडा। आखिर जे जस्तो भए पनी तिमी संग बिताएको पलहरु अझै पनि आँखा अगाडि झलझल आरहन्छ ।
तर चाहेर पनि त्यो दिन फिर्ता आउन असम्भव लाग्छ। जहाँ जस्ती भएपनि तिमी आफ्नो ख्याल राख्नु है माया । कैले काँहि कौसि मा बसेर मेरो सम्झना पनि गर्नु है माया। बाँच्नलाई साहस अनि हाँस्न लाई खुसी चाहिन्छ ।
सबैको आँखाको नानी बन्न त कहाँ सकिन्छ र यहाँ। सायद तिम्लाई मैले रोक्न कर नगरेर पनि होला, यसलाई मेरो गल्ती नमानेर भाग्य लाई दोष दिनु है माया ।
न छोडे है दोबाटोमा बरु मलाई मारिदिनु।
कुरा काट्न सक्छ्न बाहाना मलाई टारिदिनु।।
सङै जिन्दगी बिताउने थिए बाचा कसम हरु।
पुराना ती दिन सम्झना मा आएभने जुठो बारिदिनु।।
झस्काउला कुनै दिन बितेका सम्झनाहरुले।
आउदा दिनहरुलाइ समाल्दै अतीत पर सारिदिनु
जहाँ जस्ती भएपनि सधै आफ्नो ख्याल राखी दिनु माया।
लेखक: राजन अर्याल