श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन सरकारलाई दबाब

४ पुष २०८०, बुधबार १०:२६

काठमाडौं, ४ पुष । श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमजीवी पत्रकार संघ, नेपालले हस्ताक्षर संकलन अभियान थालेको छ । श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन सरकारलाई दबाब दिने उद्देश्यले संघको नेतृत्वमा हस्ताक्षर संकलन अभियान थालिएको बताइएको छ ।

काठमाडौंको थापागाउँस्थित हनुमानस्थान नजिकैको धोबीखोला पुल छेउमा सेतो कागज टाँसेर हस्ताक्षर संकलन थालिएको छ ।श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने मागसहित गत मंसिर २५ गते संघले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अल्टिमेटमपत्र बुझाएको थियो ।

सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दुई पटक पत्रकारको तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरेपनि कार्यान्वयन नभएको संघको गुनासो छ ।