दाङबाट बुटवल तर्फ जाँदै गरेको बसले ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते

४ पुष २०८०, बुधबार ०८:३०

काठमाडौं, ४ पुष । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर–२ गोरुसिंगे बजारमा मंगलबार (हिजो) साँझ ६ बजेतिर दाङबाट बुटवल तर्फ जाँदै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका छन्।

ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४ जना गम्भीर घाइते भएका हुन।

घाइतेहरू र अन्य यात्रु बसमा च्यापिएका थिए। जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई बाहिर निकालिएको उपचारका लागि बुटवल तर्फ पठाइएको बताए। बसमा सवार अन्य यात्री भने सकुशल रहेको उनले बताए।