काठमाडौं, ३ पुष । चीनमा गए रातीको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।
यस्तै उक्त भूकम्पमा परी ४ सयभन्दा बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । चीनका गान्सु र छिङहाइ प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्पगएको थियो । भूकम्पको केन्द्रविन्दु गान्सुको लिन क्सियाहुईको साला काउन्टीमा १० किलोमिटर गहिरो रहेको भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पलगत्तै भग्नावशेषमा परेका धेरै भवनहरूबाट मानिसहरूलाई सुरक्षित रूपमाबाहिर निकाल्ने जिम्मेवारी चीनको आपतकालीन सेवालाई दिइएको छ । चिनियाँ राष्ट्रपति सीजिनपिङले पनि सरकार र प्रशासनका सबै अंगहरूलाई उद्दारमा खटिन निर्देशन दिएका छन् ।
एक सामाजिक सञ्जाल पोस्टका अनुसार गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्कामहसुश हुने बित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए ।
