काठमाडौं, ३ पुष । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांस वितरण गर्ने निर्णय गरेको छ।
संचालक समितिले गरेको निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै कम्पनीले पुस २६ गते साधारणसभा आह्वान पनि गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।
