नेपाल श्रीलंका जस्तो आर्थिक संङ्कटमा डुब्यो भनेर हल्ला सुरू भयो: श्रीकृष्ण अधिकारी

२ पुष २०८०, सोमबार १८:४२

काठमाडौं, २ पुष । कमरेड प्रचण्डले सरकारको नेतृत्व गरेको पहिलो दिनवाट नेपाल श्रीलंका जस्तो आर्थिक संङ्कटमा डुब्यो भनेर हल्ला सुरू भयो ।

अर्थतन्त्र चलायमानका केही सिमाहरू नभएका होईनन् नेतृत्वले त्यसलाई थप संकटतिर बढ्ननदिन ईमान्दार प्रयास गर्दै आईरहेको छ।

अझै पुँजी चलायमान हुन सकेको छैन। जन अपेक्षा अनुसार काम अगाडिबढाउन सरकार समीक्षा सहित गेयर चेन्जगर्ने मोडमा छ । नेपाल सिङ्गापुर भैसक्यो भनेका छैनौ र बिरोधीले हल्ला गरे जस्तो नेपाल श्रीलङ्का भएको पनी छैन यो नै आजको सत्य हो।

अहिले प्रचण्ड सरकारका कारण नेपालीहरू बिदेशिन बाध्य भए भनेर नकरात्मक आलोचानाको वर्षा चलेको छ । आज जति नेपालीहरू देश छोडेर बिदेशमा अध्यन,श्रम गर्न जानेहरू छन् ।

ती सबै बाध्यताले मात्र गएका होईनन् रहरले जाने पनी छन्। रबि लामिछाने मार्काले भने जस्तो सोलोडोलो अतिरन्जनामा गरिएको हल्लामा पुर्ण सत्यता छैन। हिजोउनी स्वयम् लगायत धेरै नेपालीहरू अमेरिका गएर बाध्यताले बसेका होईनन् ।

देश उँभो लाग्ने भनेको देशका नागरिकहरू दुखसुख जेभएपनी आफ्नै भुमिमा श्रम,पसिना सीप र जागर खर्चन तयार भएर मात्र हुने कुरा हो। राज्यले वातावरण बनाई दिनु पर्छ भन्ने कुरा ठिक छन् ।

देश पुरै संकटमा छ भने जसरी अतिरन्जनना गरिएको छ । त्यो हल्लामा सत्यता छैन । अमेरिकि लखेटाईमा परेका भिएतनामी जनताले कयौ बर्ष नुनपनी नपाएर अलिनुझारपात खाएर बचाएको भियतनामको गौरब स्वभिमान हेरौ।

बिस्वयुध्द ताका ठूलो गृहयुध्द पछि भख्खर स्थापना भएको सोभियत समाजवादी सिविर संकटमा थियो । रूसी जनताले एकटुक्रा पाउरोटीमा हप्तौ हप्ता काटेर समाजवादी राष्ट्रप्रती देखाएको माया र नेतृत्व प्रती देखाएको अघाद बिस्वास तर्फ हेरौ ।

प्राकृतिक बिपदका एकाध कस्टकर घटानाहरू देखि बाहेक नेपालले त्यो हदसम्मको दुखस् कस्ट संकट र भोकको सामना संघिय लोकतान्त्रीक गणतन्त्र नेपालमा गर्न परेको छैन । अहिले प्रचण्ड नेतृत्वमा नेपाली जनताले त्यो हदको संकट भोग्न शपरेको जस्तो गरी हाहाकारनै मच्चाउन पर्ने स्थिति छैन।

जनबर्गका आशा,अपेक्षा र आवस्यकताहरूलाई सम्बोधन गर्न प्रचण्ड नेतृत्वको सरकार आक्रमकरूपमा एक्सनल्पानमा उत्रने तयारिमा छ ।