आज विदेशी मुद्राको विनिमय दरको कारोबार के कतिमा हुदै छ ?

२ पुष २०८०, सोमबार ०८:१२

काठमाडौं, २ पुष । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०० पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।