काठमाडौं, १ पुष । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कुटनितिक नियोगका प्रतिनिधि, नेपाल सरकार उच्च पदस्थ कर्मचारी सहभागी समारोह सुरक्षाको दृष्टिले अति संवेदनशील हुनेछ र भेटघाट समेत अनुकुलता पर्दैन होला, यस्तै सोचेर गोकर्ण गएको थिएँ।
प्रधानमन्त्री प्रचण्डको नातिनी तथा मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ। विवाह स्थलको कुना तिर सानो आवाजमा एउटा स्पिकर बजिरहेको थियो।
मेयर रेनु दाहाल अघि पछि भन्दा पनि सामान्य पहिरनमा निम्तालु हरेकको स्वागतमा व्यस्त थिईन। ५/६ जना गाउँघरकै पञ्चेबाजा टोली अघि लगाउदै दुलाहा खुट्टाले हिडेर विवाह मण्डपमा पुगे।
राष्ट्रप्रमुख सहभागी विवाह कार्यक्रम समारोह नभई गाउँघर तिरको सामान्य परिवारले गर्ने छेवर कार्यक्रम जस्तो। प्रवेश पास त परको कुरा एउटा मेटल डिटक्टर समेत राखिएको थिएन। जुन अनिवार्य हुनु पर्थ्यो।
प्रधानमन्त्री सहित उच्चपदस्थसंग जो कसैले सजिलै भेट्न र तस्वीर खिच्न सकिन्थ्यो। नबोलाईएका, बाटो पर्दा छिरेकाहरु करिब ३ सय जना सर्वसाधारण विवाह सहजै सहभागी भए।
विवाहमा खर्च भनेकै दुहाला दुलहीको तस्वीर राम्रो आवोस भन्ने उद्देश्यले फुलले सजाएको मण्डप करिब ५० हजारको होला।खाना प्रति प्लेट ८००-१००० । (मालुली होटलले लिने रेट) (सोचे भन्दा सरल र सामान्य)
