पेट्रोल र डिजेलको मुल्य घट्यो, कारोबार कतिमा ?

३० मंसिर २०८०, शनिबार १७:४३

काठमाडौं, ३० मंसिर । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।