नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीद्धारा नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्तालाई वैचारिक एवम् राजनीतिक प्रशिक्षण प्रदान

३० मंसिर २०८०, शनिबार १६:४९

काठमाडौं, ३० मंसिर । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश समितिद्धारा आयोजित अगुवा कार्यकर्ता वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर ३० गते शनिबारका दिन काठमाडौं तीनकुन स्थित  रोयल बैक्यूटमा  सञ्चालित उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रममा पार्टीका उपमहासचिव गिरीराज मणि पोखरेलले वैचारिक राजनीतिक प्रशिक्षण प्रदान गरेका थिए । यस्तै समसामायीक राजनीतिक प्रशिक्षण पार्टीका उपमहासचिव वर्षमान पुन अन्नत र सत्या पहाडीले प्रदान गरेका थिए ।