काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षकालागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्चअदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
गत असारमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षकालागिथुनामा राख्न गरेको आदेशविरुद्ध खाणका तर्फबाट पुनरावेदनदायर भएको थियो ।
प्रवक्ता भट्टराईले भने, ‘उच्च अदालतबाट ३० लाख रुपैयाँनगद धरौटी जमानतवा बैंक जमानतलिइतारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ ।’
न्यायाधीशकोइरालाको इजलासमाखाणको निवेदनमाथि सुनुवाइभएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि संयुक्तइजलासमादुई न्यायाधीशको रायबाझिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखतकीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमागत जेठ १० गते काठमाडौं जिल्लाअदालतमा मुद्दा दर्ता भएको थियो।
अदालतले गतअसार १ गते १७जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो।
