आज सुनको मूल्य २ हजार ८ सयले बढ्यो, कारोबार के कति हुदै ?

२८ मंसिर २०८०, बिहीबार १२:०९

काठमाडौं, २८ मंसिर । कारोबारको पाँचौ दिन आज नेपाली बजारमा  सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।

बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।