विहान खाली पेटमा कागती चिया वा कालो चिया पिउदा के के फाइदा हुन्छन् ? थाहा पाउनुहोस्

२८ मंसिर २०८०, बिहीबार ०८:४६

काठमाडौं, २८ मंसिर । बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर कतिपयको पानी पिउनु अघि चिया पिउने बानी हुन्छ ।

यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनु हुन्छ भने अबदेखि कालो चिया पिउनुस् । किनकी खाली पेटमा कालो चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

यस्तै कागतीको चिया खाली पेट सेवन गर्दा झनै धेरै फाइदा पाउन सकिन्छ । आफ्नो शरीरलाई डिटक्स गर्न चाहनुहुन्छ भने खाली पेट कागती चियाको सेवन गर्नुहोस्

खाली पेटमा कागती चिया पिउँदाका फाइदा  

  • कागतीमा जिंक, आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम तथा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ ।
  • कागती चियामा भरपूर मात्रामा भिटामिन सी हुने भएकाले शरीरको रोगसँग लड्ने क्षमता पनि वृद्धि गर्छ ।
  • खाली पेट कागती चियाको सेवन गर्दा इम्युनिटी बुस्ट हुन्छ ।
  • दिनको सुरुआत कागती चियाबाट गर्नाले तपाईको तौल पनि कम हुन सक्छ ।
  • कागतीको रसले बनेको चियामा कयौं पोषक तत्व पाइन्छ जसले मोटोपन पनि कम गर्न सहयोग गर्छ ।
  • कागतीको चियामा पाइने पोषक तत्वले शरीरमा भएका टक्सीनलाई सफा गर्ने काम गर्छ ।
  • कागतीको चिया छालाका लागि पनि राम्रो हुन्छ ।
  • नियमित रुपमा खालीपेट कागती चिया पिउने बानीले छालामा चमक आउन थाल्छ ।
  • पाचनका लागि पनि कागती चिया एकदमै फाइदाजनक हुन्छ ।
  • कागती चियामा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट्स पाइन्छ जो स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ ।

खाली पेटमा कालो चिया पिउँदाका फाइदा

  • कालो चियामा पाइने एन्टी अक्सिडेन्टले तपाईंलाई छिट्टै बुढोपन देखिनबाट समेत जोगाउँछ ।
  • कालो चियामा एन्टी अक्सिडेन्ट पाइने भएकाले त्यसले तपाईंको शरिरलाई स्वस्थ बनाई रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ ।
  • चिकित्सकहरुका अनुसार, दिनहुँ कालो चिया पिउने बानी छ भने त्यसले मुटुजन्य रोगलाई समेत बचाउँछ ।
  • कालो चियाको नियमित सेवनले क्यान्सर हुनबाट समेत बचाउँछ ।
  • यदि तपाईंको शरीरको पसिना गन्हाउने समस्या छ भने नियमित कालो चिया सेवन गर्नुहोस् त्यसले कम गर्छ ।