लक्ष्मी सनराइज बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने

२७ मंसिर २०८०, बुधबार ११:४५

काठमाडौं, २७ मंसिर । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार ९०० रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो।