आज सुन तोलामा ३०० ले घट्यो, कारोबार के कतिमा हुदै ?

२७ मंसिर २०८०, बुधबार ११:३७

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यले सामान्य घटेको छ ।

आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्यको एक लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।