
काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आज (बुधबार) देखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो ।गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो ।
नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत, एकवर्ष वा सोभन्दा बढी अवधिका लागि ९.४० प्रतिशत कायम गरिएको छ । संस्थागत तर्फ १ वर्षभन्दा कम अवधिका लागि ७.३० र सोभन्दा बढी अवधिका लागि ७.४० प्रतिशत ब्याजदर तोकिएको छ ।
यसअघि व्यक्तिगततर्फ एक वर्षभन्दा कम अवधि तथा एक वर्षभन्दा बढी अवधिका लागि क्रमशः ९.५० र ९.७५ प्रतिशत तोकिएको थियो । गरिमा विकास बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ ।
