एसिसी यू–१९ एसिया कप क्रिकेट: आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

२६ मंसिर २०८०, मंगलवार ०८:०६

काठमाडौं, २६ मंसिर । दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब रहेकोखेल नेपाली समयअनुसार ११ः१५ मा सुरु हुने छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’ को अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ ।

नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन् ।

पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन् । नेपाल भने अंकबिहीन छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।