पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

२६ मंसिर २०८०, मंगलवार ०८:०२

काठमाडौं, २६ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशका तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।