नेपाल राष्ट्र बैंकले गर्‍यो विदेशी विनिमय कारोबार विनियमावली संशोधन

२५ मंसिर २०८०, सोमबार १३:५२

काठमाडौं, २५ मंसिर । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।

आज सोमबार देखि लागू हुनेगरी राष्ट्र बैंकले वि.स २०७७ मा जारी भयको ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ दोस्रो पटक संशोधन गरेको हो।

गत मंसीर १२ गते बसेको सञ्चालक समितिको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। विदेशी विनिमय व्यवस्थापन विभागले उक्त निर्णय अनुरुप संशोधित नियमावली बमोजिम कार्य गर्न र गराउन आज निर्देशन जारी गरेको हो।