काठमाडौं, २४ मंसिर । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
बार एसोसिएसनको सम्मेलनका कारण आफ्नोतर्फबाट बहस गर्ने वकिल नभएका कारण मुद्दा हटाएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
उनले भने ‘हाम्रोतर्फबाट बहस गर्ने वरिष्ठ वकिलहरू नहुनु हुने भयो, सबैजना बार सम्मेलनका लागि चितवन जानु भएकाले आजको मुद्दा हटाउनु परेको हो ।’
सन्दीपको मुद्दामा बहसका लागि सम्भु थापालगाय वकिल चितवनमा रहेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको घिमिरे बताएका छन्।
गत २३ कातिकमा अदालतले वहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुन ब्ययसायिले लिखितरूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेसँगै सन्दीपको मुद्दाले किनारा पाउने विश्वास गरिए पनि पुनः मुद्दाको अन्तिम बहस हुन सकेन ।
सन्दीपको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजात माग गर्दै आएको भए पनि गत २३ कातिकमा भने बहस नोट माग गरेको थियो ।
