सुनचाँदीको मूल्य घट्यो, कारोबार के कतिमा हुदै ?

२४ मंसिर २०८०, आईतवार ११:४४

काठमाडौं, २४ मंसिर । कारोबारको पहिलो दिन आज (आइतवार) सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहहेको छ ।
आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।