आज शुक्रबार सुनको भाउ तोलामा २ सयले बढ्यो

२२ मंसिर २०८०, शुक्रबार ११:४५

काठमाडौं, २२ मंसिर । कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार सुन आज तोलमा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थीर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।