एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने

१४ मंसिर २०८०, बिहीबार १३:०७

काठमाडौं, १४ मंसिर । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ ।

बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ । कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ८।२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।