काठमाडौं, १३ मंसिर । नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ ।
मंसिर लागेसँगै अकासिन थालेको सुनको मूल्य आज एकै दिन १६ सयले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय २० रहेको छ ।
