आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुग्यो

१३ मंसिर २०८०, बुधबार ०८:११

काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९पैसा पुगेको छ।

मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६पैसामा कारोबार भएको थियो ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४पैसा र बिक्री दर ९८ रुपैयाँ ३८पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ ।