मन्थली नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भरटाइजिङको संयोजनमा सडक नाटक सम्पन्न

१२ मंसिर २०८०, मंगलवार २०:३१

काठमाडौं, १२ मंसिर । मन्थली नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भरटाइजिङ प्रा लि नया बानेश्वरको संयोजनमा सडक नाटक सम्पन्न भएको छ ।

मंसिर १० र ११ गते गरी दुई दिने सडक नाटक मन्थली नगरपालिकाकोे ५ वटा सामुदायिक विद्यालय र एक चोक सहित ६ स्थानमा सञ्चालन भएको थियो ।

उक्त नाटकमा राष्ट्रिय कलाकारहरु रामचन्द्र अधिकारी (गोप्ते काजि) , रबि डङोल (सुकु बेमान) राजन चौलागाई (खैराते) र स्वष्टिका लामिछानेले धुम्रपान, मध्यपान, लागु औषध, जातिय भेद्भाब,बालविवाह तथा छुवाछुत बिरुद्ध जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।