
काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आजबेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ।
सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७पैसा र बिक्री दर १६८ रुपैयाँ ५३पैसामा कारोबार भएको थियो ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६रुपैयाँ ४१पैसा रहेको छ।यस्तै,अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३रुपैयाँ ७० पैसा रहेको छ।डलरको भाउ दुई दिनदेखि स्थिर रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५७पैसा र बिक्री दर ९८ रुपैयाँ ०१ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमय दर विवरणः

