केपी ओली कप टी–२० क्रिकेटमा कुशल भुर्तेलको शतक प्रहार

१० मंसिर २०८०, आईतवार १५:०८

काठमाडौं, १० मंसिर । पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छ्न्।

मधेश प्रदेश विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो।

पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो।

समूह (सी) को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे। बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २२ विकेट लिए।