बढ्यो पाउण्ड र डलरको भाउ

८ मंसिर २०८०, शुक्रबार ०८:००

काठमाडौं, ०८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२पैसा र बिक्री दर १६७ रुपैयाँ ८८पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२पैसा रहेको छ।

बिहीबारको तुलनामा पाउण्डको भाउ बढेर आएको छ । हिजो पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५पैसा र बिक्री दर १६७ रुपैयाँ ५०पैसा रहेको थियो।

डलरको भाउ पनि आज साताकै उच्च रहेको छ । आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २६ पैसा र बिक्री दर ९७ रुपैयाँ ७० पैसा रहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर विवरणः