
काठमाडौं, ०७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५पैसा र बिक्री दर १६७ रुपैयाँ ५०पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १० पैसा र बिक्री दर ९७ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
