
काठमाडौं, ०५ मंसिर । अस्ट्रेलिया विरुद्धको पाँच टी–२० खेलको सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टोलीको कप्तानी सूर्यकुमार यादवलाई दिइएको छ ।
सोमबार सार्वजनिक गरिएको टोलीमा एक दिनअघि सकिएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले स्थान पाएका छन् । रोहित शर्मा, विराट कोहली, बुमराह र जडेजालाई विश्राम दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाड उपकप्तान रहनेछन् ।
अस्ट्रेलिया विरुद्धको टी–२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । यो सिरिज ३ डिसेम्बरमा बेंगलुरुमा समाप्त हुनेछ । एकदिवसीय विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको थियो ।
भारतीय टोलीः
सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आवेश खान र मुकेश कुमार।
