नेपालीलाई हमासले बन्धक बनाएको एक भिडियो सार्वजनिक

४ मंसिर २०८०, सोमबार १२:१६

काठमाडौं, ०४ मंसिर । इजरायली ​डिफेन्स फोर्स (आइडिएफ)ले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको भएको बताइएको छ ।

आइडिएफले सार्वजनिक गरेको भिडियोमा हमासले दुई जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको आइडिएफले जनाएको छ ।

भिडियोमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएको देखिन्छ । तर उनीहरूको अनुहार भने देखिँदैन । भिडयोमा हतियार बोकेका व्यक्तिहरू पनि देखिन्छन् ।

https://twitter.com/i/status/1726319791865016493