काठमाडौं, ०३ मंसिर । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक विदा हुने भएको छ ।
२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
गृहमन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारको निर्णयबाट सोमबार बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरेका छन् ।
